काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १ गतेदेखि वृहत आन्दोलन गर्ने भएको छ। पार्टी महामन्त्री डा.धवलशमशेर राणाले चैत १ गतेदेखि वृहत राष्ट्रवादी आन्दोलन गर्ने जानकारी दिएका हुन्।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उपस्थित भएका सबैलाई धन्यवाद दिँदै राणाले अब राष्ट्रवादी जनआन्दोलन सुरु हुने बताए।