काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो बोल्ने समय नजिकै आएको बताएका छन्।
आज जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा आफूसँग मागेको १ करोड रुपैयाँ धरौटी खारेजको माग लिएर उच्च अदालत बुटवल पुगेका उनले यस्तो बताएका हुन् ।
'मेरो बोल्ने समय एकदम नजिक आउदैँछ' सञ्चारकर्मीहरूसंग उनले भने, 'म त्यसका लागी तयारीमा बसेको छु , तपाईहरूलाई थाहा छदै छ म बोल्ने मान्छे हुँ । अहिले अलिकति प्रतीक्षा गर्ने लाईनमा छु ।' यस्तै उनले अबको केही समयपछि सम्बोधन सहित सबैको जिज्ञासाको जवाफ दिने बताए ।