काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित भएका महामन्त्री मुकुल ढकालले रास्वपा सभापति रवि लामिछाने शेर बहादुर देउवा र केपी शर्मा ओलीसँग भित्री रूपमा मिलेको दाबी गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ढकालले रास्वपा सभापति लामिछाने नेपाली कांग्रेस सभापति देउवा र नेकपा एमालेका अध्यक्ष ओलीसँग भित्री रूपमा मिलेको दाबी गरेका हुन्।