काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले तनहुँका काफ्लेलाई बीमा बोर्डको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।
उनी गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा उनी उपाध्यक्ष थिए।नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन स्वीकृत भएका १० जना उम्मेदवारहरूमध्ये फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिई तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सिफारिस गरिएका नामहरूमा कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्ले परेका थिए ।