काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाले तोकेको जरिवाना अझै नतिरेको पाईएको छ । गत मंसिर ७ गते सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा मुख्य सडक अवरुद्ध गर्दै कार्यक्रम गरेको थियो ।
त्यसक्रममा फोहोर गरिएको भन्दै काठमाडौं महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिबानाको पत्र काट्को थियो। तर हालसम्म तर हालसम्म एमालेले सोही रकम नतिरेको पाईएको हो ।
राजनीतिक दलहरूले सडक फोहोर बनाएको भन्दै काठमाडौँ महानगरपालिकाले जरिबानास्वरूप नगद तिराउँदै आए पनि एमालेले भने नतिर्ने अडानमा बसेको छ ।
महानगरले जरिबानाको पत्र एमालेको मुख्यालय च्यासलमा समेत लगेको थियो। आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र समेत लिन मानेको थिएन। एमाले जबाफदेही नभएको भन्दै त्यसबेला चर्को आलोचना समेत भएको थियो।
गत फागुन २५ मा मात्रै पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दा फोहोर भएको भन्दै महानगरले राप्रपालाई पनि कारबाहीस्वरूप एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय लियो। तर, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले भने जरिबानाको पत्र काटेको २४ घण्टा नबित्दै महानगरलाई १ लाख रुपैयाँ बुझाएको छ ।