काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले
मन्त्रालयको सुचिमा सुचिकृत नभएका विभिन्न देशका कलेज तथा युनिभरसिटिका नामहरु सुचिकृत गर्न तथा वैदेशिक अध्ययन अनुमति पत्रमा देखिएका समस्या समाधान गर्न माग गरेको छ ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन अनुमति शाखाकालाई आज भेटि जापान, फ्रन्स, मलेसिया, अष्ट्रेलिया, बेलायत, नेदरल्याण्ड लगायतका विभिन्न देशका कलेज तथा युनिभरसिटिका नामहरु सुचिकृत गर्न तथा वैदेशिक अध्ययन अनुमति पत्रमा देखिएका समस्या समाधान गर्नका लागि अनुरोध सहितको पत्र हस्तान्तरण गरिएको इक्यानले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख रमेश घिमिरेलाई उक्त अनुरोध सहितको पत्र हस्तान्तरण गरिएको हो ।
पत्र हस्तान्तरण ग्रहण गर्दै घिमिरेले यथा सक्य छिटो समस्याको समाधान गर्ने प्रतिवद्धता जाहेर गरे ।