काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई बदर गरेको छ ।
ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले बदर गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले मंगलबार गरेको फैसलासँगै कार्कीको सांसद पद सुरक्षित बनेको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनका क्रममा निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।