काठमाडौँ । नेपाल शैक्षिक परामर्श ब्यवसायी महासंघले आज बुधबार नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
काठमाडौको बागबजारमा रहेको हार्दिक होटलमा दिउसो २ बजे सो अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको नेपाल शैक्षिक परामर्श ब्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले जानकारी दिए ।
उनका अनुसार सो अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीको उपस्थिती समेत रहने आयोजकले जनाएको छ ।