काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भर्खर ७४ वर्षमा प्रवेश गरेको भन्दै आफू ‘बुढो नभएको’ बताएका छन्।
मंगलबार कोशी प्रदेशसभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे प्रस्ट पार्दै भने, ‘म धेरै पटक अपरेशन गरिसकेको छु, दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु। अपरेशन गरेर बाँचिरहेको मान्छे हुँ। भर्खरै आयोजित कार्यक्रममा प्रमुख अतिथि १०१ वर्षका हुनुहुन्थ्यो। म त भर्खर ७४ लागेँ, ठिकै छु, बुढो भए भन्न मिल्दैन।’
प्रधानमन्त्री ओलीले सरकारले जनताको आवाज सुन्ने भएकाले चर्को स्वर निकाल्न आवश्यक नरहेको बताए।