पर्सा । सर्वोच्च अदालतमा विचाराधीन रहेको वीरगन्ज बजारको मुख्य सडक विस्तारको मुद्दा बुधबार छिनोफानो भएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलाशले रिट निवेदकहरूको ५ वटै रिट खारेज गरी दिएपछि सडक विभाग हेटौंडा कार्यालयलाई वीरगन्जको मुख्य सडक २५/२५ मिटर दाँयाबायाँ चौडा गर्ने बाटो खुलेको हो ।
बहुप्रतिक्षित यो मुद्दाको २८ औं पेशी मंगलबारका लागि तोकिएको थियो । मंगलबार नभ्याएपछि बुधबारका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
बुधबार इजलाश बसेलगत्तै बहस पैरवीले निरन्तरता पाएपछि फैसलासमेत आजै आएको वीरगन्ज महानगरपालिकाको कार्यालयका कानुन व्यवसायी अधिवक्ता धनबहादुर थापाले बताए ।