काठमाडौं । दुई जना प्रहरी नायव उपरीक्षक (डीएसपी) नायव उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस भएका छन् ।
जनपद प्रहरी समूहका दुई डीएसपीलाई सोही समूहको एसपी बढुवाका लागि सिफारिस गरिएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ।
सिफारिस समितिका अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखाका डिएसपी रबिन कार्की र राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबारका ज्ञानेन्द्रबहादुर बस्नेतलाई बढुवाका लागि सिफारिस गरिएको छ ।