काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति (एनओसी)शाखा आगामी २ चैतसम्म बन्द हुने भएको छ । एक सूचना जारी गर्दै मन्त्रालयले नियमित मर्मत कार्यका कारण सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
सूचना अनुसार २८ फागुनदेखि २ चैत साँझसम्म एनओसी अनलाइन प्रणाली पूर्ण रूपमा बन्द रहने छ । यस अवधिमा अनलाइनमार्फत वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिन वा अन्य सेवा प्राप्त गर्न सकिने छैन । त्यस्तै भोलि अर्थात् १ चैतमा भौतिक रूपमा प्रवाह हुने सेवासमेत बन्द हुने जानकारी दिइएको छ ।
