काठमाडौं । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’लाई लागूऔषध कारोबारसम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय तोकिएको छ ।
जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले बिहीबार उनलाई एक वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकेको हो। यसअघि २१ फागुनमा अदालतले गुप्तासहित दुईजनालाई दोषी ठहर गरेको थियो
।
फागुन २१ मा दोषी ठहर गुप्तालाई एक वर्ष कैद र २ लाख जरिवानासहित ‘क्षतिपूर्ति शुल्क पीडित राहत कोष’ मा ८ हजार रुपैयाँ जरिवाना दाखिला गर्नुपर्ने फैसला पनि भएको छ ।
गुप्तासँगै लागुऔषध मुद्दामा कसुरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई पनि दुई वर्ष कैद र चार लाख रुपैयाँ जरिवानाको फैसला आएको छ । कानुनअनुसार लागुऔषध मुद्दामा २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।