काठमाडौं । आज सुनको मूल्यले अहिलेसम्मकै महँगो कीर्तिमान बनाएको छ। चाँदीको मूल्य पनि आज उच्च वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँ बढेको हो। सुनको मूल्य आज एक लाख ७४ हजार पाँचसय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।
हिजो सुनको मूल्य तोलाको एकलाख ७० हजार पाँचसय रुपैयाँ थियो। यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेर घटेको थियो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ५० रुपैयाँ बढेर दुई हजार ५० रुपैयाँ पुगेको छ।