काठमाडौं । युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई पराजित गरेको छ । नेपालले ६ विकेटको जीत निकालेको हो ।
जीतका लागि १०५ रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेटको क्षतिमा ३ बल बाँकी छँदै लक्ष्य पूरा गर्यो।
युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनाएको थियो ।