काठमाडौँ । पछिल्लो समय नेपालमा विभिन्न सामाजिक सञ्जाल मार्फत ‘आकर्षक अफर’ भन्दै विभिन्न फेक विज्ञापन तथा भिडियोहरू देखिन थालेपछि त्यसलाई नेपाल सरकार शिक्षा मन्त्रालयले नियमन गर्ने जनाएको हो।
मन्त्रालयले एक सूचना जारी गर्दै मनलाग्दी रूपमा भ्रम सृजना गर्ने खालको सन्देश प्रवाह गर्ने काम बन्द गर्न आग्रह गरेको हो । विशेष गरी शिक्षा मन्त्रालयबाट अनुमति नलिइ शैक्षिक परामर्श व्यवसायीले यस्ता सामग्री भ्रामक र व्यावसायिक आचरण विपरीत कामहरु गरिरहेको पाईएकोले मन्त्रालयले त्यसमा नियमन गर्न लागेको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख सेमन्तराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार बैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदा फ्री भिसा, रोजगारीको ग्यारेण्टी तथा डिपेन्डेट भिसा उपलब्ध गराई जस्ता प्रलोभनयुक्त प्रभाब पार्ने गरेकोमा अब त्यसो गरेको पाइएमा संस्थाको दर्ता नै खारेज गर्नेे चेतावनी समेत दिइदै आएको छ ।
शैक्षिक परामर्श व्यवसायीले विद्यार्थी लहहैमा लागेर भन्दा पनि भविष्यसँग जोडिएको विषय भएकाले त्यहाँको भौतिक, शैक्षिक वातावरण र अध्ययन पश्चात रोजगारीको अवसरको विषयमा सम्पूर्ण जानकारी लिएर मात्र अध्ययन गर्न जान मन्त्रालयले सुझाब दिएको छ ।
अनुमती पाएका संस्थाहरुलाई यस्तो छ मन्त्रालयको सुझाब
शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा, तथा तयारी कक्षा सञ्चालन अनुमती पाएका संस्थाहरुले मन्त्रालयबाट संस्था सञ्चालनको लागि पाएको स्वीकृती पत्र र कार्य सम्पादन गर्न अनुमती पाएको नवीकरण पत्र सबैले देख्ने स्थानमा राख्ने अनुरोध गरेको छ । यस्तै बिभिन्न प्रलोभनमा नपार्ने,सेवा प्रदान गरेका विद्यार्थीसंग भएको सम्झौता सहित अन्य अभिलेख दुरुस्त राख्ने,विद्यार्थीहरुले प्राप्त गर्नुपर्ने एनओसी मा संस्थाको नाम अनिवार्य जनाउने व्यवस्था मिलाउने,मन्त्रालयबाट जारी भएका सूचनाहरु कार्यान्वयन गर्नुपर्ने जनाएको छ ।

विदेश अध्ययनमा जानुअघि विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरू
कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न विदेश अध्ययनमा जाने गरेका छन्। उच्च शिक्षा र उज्वल भविष्यको खोजीमा प्रत्येक वर्ष हजारौँ विद्यार्थी अस्ट्रेलिया, यूके, क्यानडा, अमेरिका, युरोप, जापान, न्यूजील्याण्ड जस्ता देशहरुमा जाने गरेका छन्। यसका लागि विद्यार्थी र अभिभावकले बैदेशिक शैक्षिक परामर्शका लागि अनुमती पाएका संस्थाहरुबाट मात्र सेवाग्राहीले परामर्श लिने, सो परामर्श लिदा लाग्ने शुल्क र अन्य प्रबन्ध समेत खुलाई संस्थासंग सम्झौता गर्ने र एक प्रति आफु पनि राख्ने,आफुले अध्यन गर्न चाहेको विश्वविद्यालय,शिक्षण संस्थाले उपलब्ध गराउने उपाधी,तह,र अवधिको समकक्षता तथा त्यसको बैधानिकता बारेमा सुसूचित हुने,यदी संस्थासंग भएको सम्झौताको पालना गर्ने र सम्झौता उल्लेख भए भन्दा विपरित कार्य भएमाएक प्रति सम्झौता सहित निवेदन दिन मन्त्रालयले सुझाब दिएको छ ।
