काठमाडौं । अमेरिकाका विभिन्न राज्यमा आएको भिषण आँधिका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मिजौरी राज्यमा मात्र १२ जना रहेको प्रहरीले जनाएको छ। भीषण र ध्वंसात्मक आँधीले दक्षिण-पूर्वी राज्यहरूमा व्यापक क्षती गरेको थियो। बाटोमानै गाडीहरू पल्टिएका छन् भने घरहरू ध्वस्त भएका छन्।
टेक्सासमा धुलो र आँधीका कारण भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ, भने ओक्लाहोमा र अर्कान्ससमा पनि मानिसहरुको मृत्यु भएको छ।
शनिबार दिउँसोसम्म टेक्सास, मिजौरी, इलिनोइसलगायत ६ वटा राज्यमा २ लाख ४० हजारभन्दा बढी घरधुरी विद्युत् विहीन भएका छन्।
त्यो क्षेत्रमा अझै भयानक आँधीको संभावना रहेको जनाइएको छ। जसअनुसार मध्य मिसिसिपी, पूर्वी लुजियाना र पश्चिमी टेनेसीमा जोखिम उच्च रहेको र सतर्कता अपनाउन अपिल गरिएको छ।