धनगढी । कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किंएको छ । धनगढी उपमहानगरपालिका ६ मटियारीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
स्थानीय ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी सिलिन्डर पड्किंदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका हुन् ।
उनीहरुको धनगढीकै निसर्ग अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । जोशीको पसलबाट ग्यास किनेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन् ।