काठमाडौँ । आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनका लागि शनिबार रातीदेखि मौन अवधि सुरु भएको छ।
शनिबार राति १२ बजेदेखि मौन अवधि सुरु भई चैत ५ गते मतदान सकिँदासम्म रहनेछ । उक्त अवधिमा निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि कार्य गर्न पाइने छैन ।
मौन अवधिभर स्ववियु निर्वाचन २०८१ निर्देशिकाको बुँदा नम्बर ११ प्रभावित हुने खालका कुनै पनि किसिमका गतिविधि गर्न रोक लाग्नेछ। उक्त समयमा प्रचार–प्रसार, आमसभा, न्याली वा प्रचारात्मक गतिविधि गर्न पाइनेछैन । निर्वाचन आचारसंहिताको पालना नगरेको खण्डमा त्यस्ता व्यक्तिलाई कानुनी कारबाही गरिने निर्वाचन समितिहरूले जनाएका छन् ।
मौन अवधिमा निषेध गरिएका गतिविधिहरू:
१- चुनावी प्रचार९प्रसार गर्न नपाइने पोस्टर ब्यानर, पर्चा पम्पलेट वितरण वा सार्वजनिक स्थानमा टाँस गर्न।
२- सोसल मिडियामा प्रचार गर्न नपाइने फेसबुक, ट्विटर, टिकटक, युट्युब लगायतका प्लेटफर्ममा उम्मेदवारको पक्षमा वा विपक्षमा पोस्ट वा विज्ञापन गर्न ।
३- सभा, जुलुस वा न्याली गर्न नपाइने कुनै पनि उम्मेदवार वा पार्टीको समर्थनमा भेला वा जुलुस गर्न ।
४- मिडिया वा डिजिटल माध्यमबाट प्रचार गर्न नपाइने टेलिभिजन, रेडियो, पत्रपत्रिका वा अनलाइन समाचारमार्फत चुनावी विज्ञापन तथा प्रचार सामाग्री सम्प्रेषण गर्न ।
५- मतदान केन्द्र नजिक प्रचार गर्न नपाइने मतदान केन्द्र आसपास पार्टीको लोगो झन्डा वा कुनै पनि प्रचार सामग्री प्रदर्शन गर्न ।
६-मतदाता प्रभावित गर्ने कुनै गतिविधि गर्न नपाइने (पैसाको लोभ, उपहार, भोज–भतेर) वा अन्य कुनै लालच दिने काम ।
७- मतदान स्थलमा मोबाइल वा क्यामेरा लैजान नपाइने गोपनीयता कायम राख्न मतदाताले मतदान गर्दा मोबाइल फोन वा क्यामेरा लगायतका कुनै पनि किसिमका चुनावलाई प्रभावित पार्ने कुनै पनि गतिविधि।