काठमाडौँ । आइतबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दु एक लाख ७४ हजार पाँच सय कायम भएको प्रतितोला सुनको मूल्य आज ४ सय रुपैयाँले गिरावट आएर एक लाख ७४ हजार एक सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार रु ५ घटेर तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।