काठमाडौँ । नेपालको राजतन्त्रबारे एमाले सांसद रघुजी पन्त र राप्रपा सांसद ज्ञानेन्द्र शाहीबीच संसद्मै भनाभन भएको छ । ईतिहास तोडमोड गर्न खोजेको भन्दै राप्रपाका सांसद शाहीले नियमापत्ति गरेपछि पन्त प्रतिकारमा उत्रिएका हुन् ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले सांसद पन्तले राजा त्रिभुवन भारत प्रवासमा रहेको बेलाको प्रशंगको कुरा गरेका थिए । त्यसपछि राप्रपा संसदीय दलका प्रमुख सचेतक शाहीले आपत्ति जनाए । सांसद पन्तले इतिहास तोडमोड उनले गरेको आरोप लगाए ।
त्यसपछि आक्रोशित हुँदै सांसद पन्तले सांसद शाहीलाई इतिहास पढेर आउनू भनेका थिए । त्यसपछि संसद्मा केहीबेर भनाभन भएको थियो ।