काठमाडौँ । आज सोमबार संघीय संसद्का दुवै सदनको बैठक बस्ने भएका छन् । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलका साथै पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।यस्तै, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक १०८१ माथिको दफावार छलफल गरी पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रियसभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ ।यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।
यसैगरी, मन्त्री भट्टराईले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।
