कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले होली खेलेर एक लाख ४७ हजार रुपैया संकलन गरेको छ ।
होली खेलेर संकलन भएको उक्त रकम विद्यालयको सर्वाङ्गीण विकासको लागि खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर खड्काले जानकारी दिए ।

‘विद्यालयको टीम, विद्यार्थी र अभिभावकको पहलमा हामीले दुई दिन वडा भित्र होली खेलेका थियौ’ अध्यक्ष खड्काले भने, ‘सो होलीबाट करिब डेढ लाख रुपैया संकलन भएको छ । त्यो रकम हामी विद्यालयको सर्वाङ्गीण विकासको लागि खर्च गर्नेर्छौ ।’
गत फागुनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदभार ग्रहण गरेका खड्काले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थी हितका कार्यक्रम तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउँदै होलीमा सहभागी सम्पुर्णलाई धन्याबाद व्यक्त गरे ।
