काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।
बैठकमा देशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पूर्वराजाको सक्रियता तथा साङ्गठनिक गतिविधिका विषयमा छलफल हुने बताइएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल पछि राजतन्त्र समर्थकहरू सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई चासोका साथ हेरिएको छ ।