काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, चैत १५ गते समाजवादी मोर्चाले गर्ने वृहत र्यालीलाई सफल बनाउने कार्ययोजना लगायत विषयमा छलफल हुने बताइएको छ ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन भनिएको ज्वालाले जानकारी दिएका छन् ।