काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
आजको बैठकले नेपाल प्रहरीमा आज रातिबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको छ । नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदै छन् ।
नयाँ आईजीको प्रतिस्पर्धामा दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी छन् । उनीहरु तीनै जना २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका हुन् ।