काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ निशा डाँगीले डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्क हटाउन सरकारलाई माग गरेकी छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद डाँगीले प्रधानमन्त्रीले डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने आश्वासन दिएको सात महिना पुगेपनि कार्यान्वयन नभएको भन्दै पुन अतिरिक्त शुल्क हटाउन माग गरेकी हुन् ।
डिजिटल कारोबार निःशुल्क गर्ने भन्ने विषय आज चौथो पटक सदनमा आवाज उठाएको र सो विषयमा अर्थमन्त्रीलाई दुई महिनाअघि ध्यानाकर्षण पत्र समेत बुझाएको भए पनि तर, हालसम्म कुनै पनि जवाफ नआएको बताइन् ।
प्रधानमन्त्री केपि शमौ ओलीले सात महिनाअगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारलाई निःशुल्क बनाउने कुरा बताएपनि
डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउन सरकार गम्भीर नभएको आरोप लगाइन् ।