काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति (एनओसी)शाखा पुन: सुचारु भएको छ । चैत २ गतेसम्म बन्द भएको एनओसी अनलाइन प्रणाली पुन: सुचारु भएको हो ।
मन्त्रालयले नियमित मर्मत कार्यका कारण गत २८ फागुनदेखि २ चैत साँझसम्म एनओसी अनलाइन प्रणाली पूर्ण रूपमा बन्द गरेको थियो । सो अवधिमा अनलाइनमार्फत वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिन वा अन्य सेवा प्राप्त गर्न सकेको थिएन ।
अब भने नियमित मर्मत भइसकेकाले सेवा सुचारु भइसकेको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमती शाखाले जनाएको छ ।

