काठमाडौँ । सर्वोच्च अदालतले भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बेचन झाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ।न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले सोमबार रिट खारेज गरेको हो।
त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका पूर्वगृहसचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ।
पाण्डेकी श्रीमती मञ्जु पाण्डेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको हो। सोमबार न्यायाधीशद्वय कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले रिट खारेज गरेको हो।
गत वैशाखमा नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको आरोपमा दुबै जनालाई प्रहरीले पक्राउ गरेको थियो।काठमाडौं जिल्ला अदालतले गत असार १ मा उनीहरुसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो।