काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. अच्युत वाग्ले नियुक्त भएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपकुलपति नियुक्त गरेको हो ।
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका थिए । गत ६ माघदेखि उपकुलपति प्रा.डा.भोला थापाको चार वर्षे कार्यकाल सकिएसँगै यो पद रिक्त थियो ।