पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको २ वर्षपछि पोखरा-छेन्दु नियमित व्यावसायिक चार्टर उडान सुरु हुँदैछ। आज १२७ यात्रु चीनको सिचुवान एयरमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानमा पर्यटक अवतरण हुने छन् भने केही समयपछि पोखराका पर्यटन व्यवसायीसमेत टोली छेन्दु उड्ने छ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले यहाँ पहिलोपटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो।
यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान(प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने पोखराका पर्यटन व्यवसायीको विश्वास छ।