काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन मतदान जारी रहेपनि काठमाडौँको आरआर क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।
एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले गएराति तालाबन्दी गरेपछि नेपाल विद्यार्थी संघले आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अहिले प्रदर्शन गरिरहेको छ।
क्याम्पसमा तालाबन्दी भएपछि क्याम्पस प्रशासनले प्रतिकूल अवस्था सृजना भएको भन्दै निर्वाचन स्थगित गरेको हो ।नेविसंघले निर्वाचन गराउनुपर्ने माग राख्दै क्याम्पस अगाडि प्रदर्शनसहित नाराबाजी गरिरहेको छ।