काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्को नयाँ कीर्तिमान बनाउन थालेको छ। केहि दिन अघि नयाँ कीर्तिमान बनाएको सुनको मूल्यले फेरि आज मंगलबार नयाँ कीर्तिमान बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) प्रतितोला सुन अहिलेसम्मकै उच्च एक लाख ७५ हजार दुई सय रुपैयाँ पुगेको छ। सोमबार सुन एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर दुई हजार ५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।