काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६० वटा मध्ये ३८ वटा आङ्गिक क्याम्पसमा मङ्गलबार मतदान भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले गत फागुन ९ गते सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिका अनुसार आज मतदान कार्यक्रम भएको हो।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीका अनुसार काठमाडौँ उपत्यकाभित्रका ११ र उपत्यका बाहिरका विभिन्न ११ क्याम्पसमा आज स्ववियु निर्वाचन हुन सकेन।
उनले निर्वाचन हुन नसकेका क्याम्पसमा निर्वाचन प्रक्रिया व्यवस्थित गर्नलाई समझदारीको प्रयास भइरहेको बताए । उपत्यकाभित्रका ११ र उपत्यका बाहिरका ११ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया व्यवस्थित गर्नलाई समझदारीको प्रयास भइरहेको र आज २२ वटा क्याम्पसमा निर्वाचन नभएतापनि ३८ वटा क्याम्पसमा मतदान भइसकेको जनाएको छ। यस्तै दुई सय ५० वटा सम्बन्धन क्याम्पसमा पनि निर्वाचन सम्पन्न भएको जनाएको छ।