काठमाडौँ । यस नेपाली पब्लिक डटकमबाट आफ्नो पत्रकारीताको सुरुवात गरेका पत्रकार ऋषि थपलिया ‘युवा पत्रकारिता पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन्। हाल प्राइम टाइम्स टेलिभिजनमा कार्यरत उनलाई पाँचौँ एपिक अवार्ड समारोहका अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले उक्त सम्मान प्रदान गरेकी हुन्।
पत्रकारितामा एक दशकभन्दा बढी समय बिताइसकेका उनले राजनीतिक, सामाजिक, आर्थिक र समसामयिक विषयमा कलम चलाउँदै समाजलाई सूचनामूलक जानकारी प्रदान गर्दै आएका छन्। लाइभ रिपोर्टिङ, कार्यक्रम सञ्चालन, निर्देशन तथा अन्तर्वार्तामार्फत समाजमा सकारात्मक प्रभाव पार्न उनी सक्षम मानिन्छन्।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित निगुपुखुमा आयोजित विशेष कार्यक्रममा एपिक नेपाल म्युजिक प्रालिले आयोजना गरेको पाँचौँ एपिक अवार्ड समारोहमा उनलाई नगद दश हजार सहित सम्मान गरिएको हो ।
