काठमाडौँ । ९ महिना अन्तरिक्षमा बिताएर अन्तरिक्षयात्रीद्वय सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन् । अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिकै समुद्रमा बिहान सवा ३ बजे अवतरण गरेको थियो ।
अन्तरिक्षयानबाट बाहिर निस्कँदा दुवै यात्रीहरू निकै खुसी देखिन्थे । उनीहरू अन्तरिक्षबाट यात्रा सुरु गरेको १७ घण्टापछि पृथ्वीमा आइपुगेका हुन् ।
फ्लोरिडाको तटमा अवतरण गराउने क्रममा उनीहरूका लागि चार वटा प्यारासुट खोलिएको थियो । उनीहरूलाई रेस्क्यु जहाजमार्फत तटमा अवतरण गराइएको हो ।