काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि रेकर्ड बनाएको छ । बुधबार प्रतितोला ८ सय रुपैयाँले बढेर सुनको भाउले ऐतिहासिक बिन्दु कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँ कायम भएको जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य बढेपनि बुधबार चाँदी भने सस्तिएको छ । चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँ प्रतितोला कायम भएको छ ।