काठमाडौँ । पछिल्लो समयका लोकप्रिय गायक दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषण गरेका छन् । देशका बिभिन्न मेला महोत्सवमा पुग्ने गायक थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका हुन् ।
एसईई परीक्षा विद्यार्थी भाइबहिनीको महत्त्वपूर्ण समय भएकोले यस अवधिभर आफूले कुनैपनि कार्यक्रम नगर्ने एक विज्ञप्ति मार्फत उनले यस्तो घोषणा गरेका हुन् ।
उनले एसईई परीक्षालाई जीवनको महत्त्वपूर्ण घडी समेत मानेका छन् । उनलाई अहिले धेरै मेला, महोत्सव तथा ईभेन्टबाट कार्यक्रमका लागी कल आइरहेको भएपनि आफुले भने सो समयमा कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएका हुन् । उनले एसईर्ए दिने सम्पुर्ण विद्याथीहरुलाई शुभकामना समेत व्यक्त गरेका छन् । यस वर्षको एसईई परिक्षा चैत ७ गते बिहीबारदेखि सुरु भई चैत १९ गते सम्पन्न हुनेछ ।
