काठमाडौं । सरकारले चैत ४ गते सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा चैत २४ गते परेको राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्तासमेत सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निममित पत्रकार सम्मेलनमा जानकारी गराए ।
बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदनमा अर्घाखाँचीका यदुनाथ पौडेललाई नियुक्त गर्न सञ्चालक समितिलाई निर्देशन दिएको छ । यस्तै शिक्षक सेवा आयोगको सदस्यमा सुर्खेत स्थायी घर भएका पवित्रा सुवेदी र रामशरण सापकोटालाई नियुक्त गर्ने निर्णय भएको छ ।
