काठमाडौँ । ग्लोवल मनि विक २०२५ को अवसरमा जब्दी साना किसान कृषि सहकारी संस्था लि. इटहरी शाखाले स्थानीय जब्दी माध्यमिक विद्यालयका ३१ जना विद्यार्थिहरुलाई युवा पुस्तामा डिजिटल बैङकिङ र वित्तीय साक्षरताका महत्वपूर्ण विषयहरू उजागर गर्ने उद्देश्यले वित्तीय साक्षरता तालिम प्रदान गरेको छ।
तालिम कार्यक्रममा विद्यार्थिहरुलाई बचत, ऋण र बजेटको अवधारणा प्रस्ट पार्ने उद्देश्यले प्रतियोगितात्मक खेल खेलाइ, पुरस्कृत गरिएको थियो। यसैगरी, डिजिटल साक्षरता र सुरक्षित बैङकिङ कारोबारको लागि अपनाउनुपर्ने उपायहरूको विषयमा छलफल गरिएको छ । साना किसान कृषि सहकारी संस्थाको कार्यालयमा विद्यार्थिहरुलाई भ्रमण गराई, वित्तीय र गैर वित्तीय सेवा प्रदान गर्ने प्रक्रिया र सेवाका शर्तहरूसम्बन्धी छलफल गरिएको संस्थाका अध्यक्ष भानु कुमार चौधरीले जानकारी दिए ।
'थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ भन्ने नाराका साथ राष्ट्र बैंकले राष्ट्रिय संयोजकको रूपमा यो सप्लाहव्यापी कार्यक्रम गर्ने गर्दै आइरहेको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., शाखा कार्यालय इटहरीको वित्तीय र प्राविधिक सहयोगमा यो कार्यक्रम सम्पन्न भएको हो। यस कार्यक्रमले युवाहरुलाई वित्तीय साक्षरताबारे बुझ्न र डिजिटल प्लेटफर्ममा सुरक्षित कारोबार गर्नका लागि मार्गदर्शन गरेको विश्वास गरिएको छ।