काठमाडौँ । सात प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १३ सहसचिवको सरुवा भएको छ ।गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट १३ सहसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
जसअनुसार दिलकुमार तामाङको कपिलवस्तु, सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा जगदिश्वर उपाध्याय,भविश्वर पाण्डेको नवलपरासी पूर्व, कुमानसिंह गुरुङको बागलुङ, प्रेमप्रसाद लुइँटेलको उदयपुर, आनन्द सारुको अछाममा प्रमुख जिल्ला अधिकारीको रुपमा पदस्थापना भएको छ । यस्तै, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ ।
