काठमाडौं । उच्च अदालत पाटनले चैत ८ गतेको लागि तोकिएको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ।
बुधबार पाटन उच्च अदालतले सो आदेश दिएको हो। अदालतले नेविसंघका अनोज कार्कीको उम्मेदवारी बिहीबारसम्म कायम राख्नसमेत आदेश दिएको छ।अदालतले चैत ३ गते निर्वाचन समितिले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।
