काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएकी हुन् ।
नाउपा सांसद गंगाराम चौधरीका अनुसार बैठक मध्यबानेश्वर पार्टी कार्यालयमा बस्ने छ । उनले पार्टी एकताका विषयमा छलफल हुने एजेन्डा रहेको बताए ।
नाउपाको यो बैठकमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँगको एकताको विषयमा छलफल हुने बताइन्छ । अध्यक्ष श्रेष्ठ र राउतबीच चैत २ गते भेटघाट भएको थियो । भेटमा श्रेष्ठ पनि एकताको पक्षमा रहेको दाबी जनमतले गरेको छ ।