काठमाडौँ । राजावादीहरूको गतिविधि बढिरहेको र सेनासँग जोडेर विभिन्न हल्ला फैलाइएको भन्दै नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ । बुधबार सैनिक जनसम्पर्क निर्देशनालयले एक स्टेटमेन्ट जारी गर्दै सेना संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको बताएको छ ।
सेनाले भनेको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध छ ।’ सेनासँग जोडेर विभिन्न भ्रम फैलाइएको भन्दै सेनाले त्यसमा सतत्यता नभएको बताएको छ ।
