काठमाडौँ । बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मूल्य कायम भएको थियो, आज पनि सोही मूल्य कायमै रहेको छ ।
अर्थात् अहिलेसम्मकै महँगोमा सुनको भाउ स्थिर रहेको हो । आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ । जसअनुसार आज चाँदी तोलाको २०३० रुपैयाँमा कारोबार भइरहेको छ ।