काठमाडौँ । सिन्धुपाल्चोकमा हालै समातिएको भेप भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरूङको भएको खुलेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झा र नेकपा माओवादी केन्द्रबाट सांसद गंगा कार्कीले सो दाबी गरेका हुन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेलाई जग्गा दान गर्ने भाटभटेनीका साहु मीनबहादुर गुरूङको समान ल्याइरहेको ट्रकबाट उक्त समान बरामद भएको दाबी गरेका हुन् ।
भाटभटेनी सुपरमार्केटको समान लिएर आएको ट्रकवाट ७४० थान भेप समातिएकोले प्रधानमन्त्रीको पार्टी कार्यालय बनाउने दाता भएकाले त्यसलाई संरक्षण नगर्न सांसद झाले माग गरे । ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बार्हबिसेले नियन्त्रणमा लिएको थियो ।