वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको मत गणना जारी रहेको छ ।
पछिल्लो मत परिणमा अनुसार कुल १४०२ वटा मतपत्र गणना गरिदा सभापति पदमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव अगाडी देखिएका छन् ।
उनले ३३२ मत प्राप्त गरेका छन भने नेविसंघका आधिकारिक उम्मेदवार बिकास मण्डलले २१६ मत प्राप्त गरेका छन् । चारवटा मतगणना केन्द्रमध्ये अहिले तीनवटामा मतपत्र गन्ने काम भइरहेको निर्वाचनको कार्यालयले जनाएको छ । एक नम्बरका मतगणना केन्द्रका प्रतिनिधिहरु नआइदिएको कारणले त्यो केन्द्रमा गणनामा ढिलाइ भएको जनाइएको छ ।