काठमाडौँ । बलिउड अभिनेता सलमान खानको फिल्म ‘सिकन्दर’ को प्रदर्शन मिति घोषणा गरिएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म इदको अवसर पारेर चैत १७ गते आइतबार (मार्च ३०)मा विश्वव्यापी प्रदर्शनमा आउने भएको हो।
रमजान इद चाहिँ मार्च ३१ मा सोमबार परेको छ। भारतको महाराष्ट्रमा गुडी पड्वा पर्वको बिदा भएकाले फिल्मलाई आइतबार ल्याउने निर्णय निर्माताले गरेका हुन्।एआर मुरूगादोसले निर्देशन गरेको फिल्ममा सलमान खान, रश्मिका मन्दाना, काजल अग्रवाल र सरमन जोशीको अभिनय छ।