काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ।
त्रिवि कीर्तिपुर स्ववियु निर्वाचन समितिले सूचना जारी गर्दै भोलि (शुक्रवार) तोकिएको स्ववियु निर्वाचन स्थगित भएको जानकारी दिएको हो।
त्रिवि कीर्तिपुर स्ववियु निर्वाचन समितिले उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशको छलफलको टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित हुने जनाएको छ।
