विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन बिहीबार रातिदेखि अन्त्य हुने भएको छ ।बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन बिहीबार रातिदेखि अन्त्य गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रदेश प्रमुखको कार्यालयले सूचना जारी गर्दै बिहीबाररातिदेखि अधिवेशन अन्त्य हुने जनाएको छ । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम ७ चैतको मन्त्रिपरिषद् सिफारिसमा बिहीबार राति १२ बजेदेखि चालु छैटौं अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।